२०८३, १४ कार्तिक शनिबार

एमाले गण्डकी प्रदेश अधिवेशन बन्दसत्र जारी, ८ समुह बनाई प्रतिवेदनमाथि छलफल शुरु

एमाले गण्डकी प्रदेश अधिवेशन बन्दसत्र जारी, ८ समुह बनाई प्रतिवेदनमाथि छलफल शुरु


काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तरगत बन्दसत्र जारी रहेको छ । बन्दसत्र पोखरा सभागृह हलमा जारी रहेको हो ।

बन्दसत्रमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमाथि छलफल गर्न अधिवेशन प्रतिनिधिलाई ८ समुहमा विभाजन गरिएको छ । प्रतिवेदनमाथि छलफल गरेर आजै पारित गर्ने कार्यसूची रहेको एमाले गण्डकीका प्रचार विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो । प्रतिवेदन पारित भएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको बताइएको छ ।

अधिवेशनले १ सय ६५ सदस्यको प्रदेश कार्यसमिति चयन गर्नेछ । एमाले गण्डकीको अध्यक्षका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने बताइएको छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी हुनुभएको छ ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ९ : ५६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा