काठमाडौँ, १२ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पदयात्रा पर्यटनलाई व्यवस्थित गर्न पदयात्री सूचना प्रणाली (टिम्स) लाई व्यावहारिक बनाइने बताउनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को ४०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पदयात्रा क्षेत्रमा भएका विकृति र विसङ्गति हटाएर पेशालाई व्यावसायिक र मर्यादिक ढङ्गले अघि बढाउन…