२०८३, २४ आश्विन आईतबार

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई


भद्रपुर, २३ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा आज शुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा उहाँले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताउनुभयो ।

भारत उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराजले आर्शिवाद दिँदै नेपाल धर्म र ज्ञानको भण्डार भएको हुँदा विश्वभरिको ध्यान नेपालतिर आकर्षित भएको बताउनुभयो । उहाँले धर्मका नाममा जातीय विभेद अस्वीकार्य हुने र सबै मानव समान भएको धारणा व्यक्त गर्नुभयो । उहाँले महाकाली नदीमा पञ्चेश्वर परियोजना बनेपछि नेपालको झुपडी झुपडीको अन्धकार हट्ने र अयोध्यादेखि जनकपुर जोड्ने रेलमार्ग बनेपछि धार्मिक एवम् पर्यटकीय सम्बन्धले फड्को मार्ने बताउनुभयो ।

मेचीनगर नगरपालिका–८ धुलावारीस्थित श्रद्धेय आश्रममा शुक्रबारसम्म सञ्चालन हुने सत्सङ कार्यक्रममा नेपाल, भारत र भूटानका करीब एक लाख भक्तजन सहभागी रहेको आयोजक समितिका सहसंयोजक सागर कटुवालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ९ : ४२ बजे

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी