काठमाडौँ, ६ असोज: अर्थमन्त्री डा युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबै व्यवसायीले इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्छ, सरकार त्यसका लागि कडारुपमा उभिएको छ ।” सबै नागरिक करको दायरामा आउनुपर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक…