२०८३, १४ कार्तिक शनिबार

कोशी प्रदेशमा गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेकी कोइराला निर्वाचित

कोशी प्रदेशमा गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेकी कोइराला निर्वाचित


मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् । एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४,९९२ मतभार पाइन् ।

कोशी प्रदेशमा नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार रुक्मिणी कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले मतदान गरेका छन् । विराटनगरमा भइरहेको मत गणनाअनुसार प्रदेश सांसदहरूतर्फ सत्ता गठबन्धनका तीन जनाको मत कोइरालालाई परेको हो । मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ ।

कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेका छन् । कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद छन् । कोइरालाले एमाले–राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानेकी हुन् । कोइरालाको पक्षमा ४९ जनाको मत खसेको छ । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाएकी छन् । कोशीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन् ।

प्रकाशित मिति : २०८०, ११ माघ बिहीबार  ६ : १२ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा