काठमाडौँ, ६ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गर्नुभयो । प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री…