२०८३, ३१ भाद्र बिहीबार

एमाले नेता थापाले भन्नुभयोः नागरिकको उद्धार र राहतमा खटिनु भएकाहरूको भूमिका अतुलनीय

एमाले नेता थापाले भन्नुभयोः नागरिकको उद्धार र राहतमा खटिनु भएकाहरूको भूमिका अतुलनीय


सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।
केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्तगर्दै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले नागरिकको जीवन रक्षा र राहतमा खटिनु भएका सुनकोशी, गोलन्जोर र फिक्कलका पार्टी नेता, कार्यकर्ता, जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समाजसेवी संघ, संस्थाको भूमिका अतुलनीय भएको स्मरणगर्दै उहाँहरुले देखाउनु भएको सेवाभावको खुलेर प्रशंसा गर्नुभएको छ ।
वाढी र पहिरोका कारण सुनकोशी र रोशी खोलाले गरेको जनधनको क्षति मूलतः प्राकृतिक दोहनको परिणाम भएको बताउँदै उहाँले दशैं (नवरात्री) अगाबै बन्द रहेको विपी राजमार्ग सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग सम्वाद भइरहेको र त्यसै अनुसार सडक विभागले समस्या ग्रस्त सडकमा बैकल्पिक मार्ग बनाउने तयारीमा लागेको जानकारी दिनुभयो ।
विपत्तिमा परेर सिन्धुलीका २ जना र उपचार नपाएर सिन्धुली र महोत्तरीसहित २ जनाले ज्यान गुमाउनु परेको बताउँदै जिल्ला इन्चार्ज थापाले पूर्वी नेपाल जोड्ने लाइफलाइनको रुपमा रहेको विपी राजमार्ग र मध्यपहाडी राजमार्ग जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
अहिलेको संकटपूर्ण अबस्थामा आरोप प्रत्यारोप होइन, सबैले सकेको मानवीय सहयोग, उद्धार र राहत कार्यमा सबैले सहयोग गर्न आग्रहगदै उहाँले सबैलाई राज्यका निकायलाई लाई अबरुद्ध सडक सञ्चालन गर्न सहयोग पु¥याउनसमेत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१, १४ आश्विन सोमबार  ९ : ४८ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण