२०८३, १३ कार्तिक शुक्रबार

एमाले नेता थापाले भन्नुभयोः नागरिकको उद्धार र राहतमा खटिनु भएकाहरूको भूमिका अतुलनीय

एमाले नेता थापाले भन्नुभयोः नागरिकको उद्धार र राहतमा खटिनु भएकाहरूको भूमिका अतुलनीय


सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।
केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्तगर्दै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले नागरिकको जीवन रक्षा र राहतमा खटिनु भएका सुनकोशी, गोलन्जोर र फिक्कलका पार्टी नेता, कार्यकर्ता, जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समाजसेवी संघ, संस्थाको भूमिका अतुलनीय भएको स्मरणगर्दै उहाँहरुले देखाउनु भएको सेवाभावको खुलेर प्रशंसा गर्नुभएको छ ।
वाढी र पहिरोका कारण सुनकोशी र रोशी खोलाले गरेको जनधनको क्षति मूलतः प्राकृतिक दोहनको परिणाम भएको बताउँदै उहाँले दशैं (नवरात्री) अगाबै बन्द रहेको विपी राजमार्ग सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग सम्वाद भइरहेको र त्यसै अनुसार सडक विभागले समस्या ग्रस्त सडकमा बैकल्पिक मार्ग बनाउने तयारीमा लागेको जानकारी दिनुभयो ।
विपत्तिमा परेर सिन्धुलीका २ जना र उपचार नपाएर सिन्धुली र महोत्तरीसहित २ जनाले ज्यान गुमाउनु परेको बताउँदै जिल्ला इन्चार्ज थापाले पूर्वी नेपाल जोड्ने लाइफलाइनको रुपमा रहेको विपी राजमार्ग र मध्यपहाडी राजमार्ग जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
अहिलेको संकटपूर्ण अबस्थामा आरोप प्रत्यारोप होइन, सबैले सकेको मानवीय सहयोग, उद्धार र राहत कार्यमा सबैले सहयोग गर्न आग्रहगदै उहाँले सबैलाई राज्यका निकायलाई लाई अबरुद्ध सडक सञ्चालन गर्न सहयोग पु¥याउनसमेत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१, १४ आश्विन सोमबार  ९ : ४८ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित