२०८२, ३ जेष्ठ शुक्रबार

पछिल्लो समय मुलुकमा महँगी र आतङ्क बढेको छः नेता श्रेष्ठ

इलाम, ८ असोज: पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामको आठौं अधिवेशनका सन्दर्भमा यहाँ आइपुग्नुभएका श्रेष्ठले सञ्चारकर्मीसंग भन्नुभयो, “वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको छ ।” काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो । -रासस