२०८३, २१ भाद्र सोमबार

नेकपा काभ्रे जिल्ला कमिटीका पदाधिकारीलाई शपथ

नेकपा काभ्रे जिल्ला कमिटीका पदाधिकारीलाई शपथ


काभ्रेपलाञ्चोक, २ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले एक कार्यक्रमकाबीच शपथग्रहण गराउनुभयो । केन्द्रीय पार्टी नेतृत्वले ढिलो गरी अर्थात् अन्तिममा गत असोज ९ गते काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेको थियो । घोषणाको २३ दिनपछि बनेपामा शपथ कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बाँस्कोटा तोकिनुभएको छ । नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता रुकू चौलागार्इं र सचिवमा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर तामाङ तोकिनुभएको हो ।

जिल्ला अध्यक्ष, सचिव तथा सदस्य गरी १२६ ले शपथ लिनुभएको हो । कार्यक्रममा १० सदस्य अनुपस्थित हुनुहुन्थ्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महीनापछि अर्थात् अन्तिममा मात्रै ७७औँ जिल्ला कमिटीका रूपमा घोषणा गरिएको थियो ।

तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिश गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ । काभ्रेपलाञ्चोकका २२ जना प्रदेश नं ३ कमिटीका सदस्य हुनुहुन्छ ।

हाल पूर्वएमालेका ६३ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२६ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो । पूर्वएमालेका तर्फबाट १५ र पूर्वमाओवादी केन्द्रका तर्फबाट चार मनोनित थपिने र जिल्ला कमिटीले पूर्णता पाउने सचिव टोकबहादुर तामाङले जानकारी दिनुभयो । तर, नगर, गाउँ तथा वडा कमिटी भने गठन भएको छैन । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकामा १६५ वडा छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, काभ्रेपलाञ्चोक जिल्ला एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री बाँस्कोटा, प्रदेश नं ३ केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेललगायतले नवगठित नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २०७६, २ कार्तिक शनिबार  ५ : ५१ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ