२०८३, २३ आश्विन शनिबार

कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा

कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उहाँले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो, “कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।” विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गर्नुभयो ।

“एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ गयो ?” उहाँले प्रश्न गर्नुभयो । सुशासनमाथि आक्रमण नगर्न उहाँले चेतावनीसमेत दिनुभयो ।

मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यो कम्यूनिष्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन् ।”

केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

“वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट दिनेछैन” उहाँले भन्नुभयो । सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले रेलको प्रसङ्ग कोट्याउँदै छिमेकी देशहरुले ३१ प्रतिशतसम्म ऋण लिएर काम गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिलेसम्म ऋण लिएका छैनौँ, तर हाम्रो क्षमता ३४ प्रतिशतसम्म लिनसक्ने छ ।”

मन्त्री बाँस्कोटाले उत्पादनको संघर्ष समाजवादतर्फ जाने बाटो भएको बताउनुभयो । “सामाजिक र आर्थिक रुपान्तरणबिना समाजवाद स्थापना हुन सक्दैन, समाजवादमा न्याय प्रणाली वितरणको पनि संघर्ष हुन्छ” उहाँले भन्नुभयो । पार्टी र सरकार नङ र मासु भएर चल्नुपर्ने भएकाले पार्टीको लडाइँको मोर्चा तिखार्दै उच्च मनोवलका साथ उत्पादनको संघर्षमा लाग्न उहाँले नेताकार्यतासँग आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति : २०७६, २ कार्तिक शनिबार  ६ : ३९ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि