२०८३, २९ जेष्ठ शनिबार

चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल : प्रवक्ता बाँस्कोटा

चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल : प्रवक्ता बाँस्कोटा


काठमाडौँ, ३० असोज :सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा मात्रै नभई नेपालको आर्थिक समृद्धिको मार्गचित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीन रुपमा समेत पर्नेछ ।”

मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले भ्रमणको बहुआयामिक महत्व रहेको र दुई देशबीच भएको २० बुँदे समझदारीपत्र त्यसैको उदाहरण भएको बताउनुभयो । भ्रमणको बहुआयामिक महत्वका बारेमा थप स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विकास लक्षितरुपमा, राजनीतिक रुपमा र कूटनीतिक सम्बन्धका रुपमा हेर्नुपर्छ । यसले राजनीतिक रुपमा विशिष्ट प्रकारको सम्बन्ध स्थापित गरेको छ ।”

विश्वशक्तिसमेत रहेको छिमेकी मुलुकसँग राम्रो सम्बन्ध हुनु नै खुशीको कुरा भएको स्पष्ट पार्दै उहाँले २३ वर्षपछि नेपालमा त्यस खालको उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा भएको बताउनुभयो । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि विश्वव्यापीरुपमा नै स्थापित हुन पुगेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत त्यसलाई चर्चा गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

दुई देशका बीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ र उन्नत बनेको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना पूरा हुने दिशामा केन्द्रित रहेको बताउनुभयो । प्रवक्ता बाँस्कोटाले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई साकार बनाउन पनि भ्रमण ऐतिहासिक भएको स्पष्ट पार्नुभयो । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपाल र नेपाली जनताका लागिसमेत महत्वपूर्ण लाभ र उपलब्धि प्राप्त हुने उहाँको भनाइ थियो ।

नेपाल भूपरिवेष्टित नभई भूजडित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले जोड दिँदै आउनुभएको सन्दर्भ जोड्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीबाट पनि सोही खालको प्रतिबद्धता व्यक्त भएकामा त्यो विषयसमेत ऐतिहासिक भएको बताउनुभयो । नेपाल र चीनबीच भएको सहमति तथा समझदारीले नेपाललाई समुन्द्रसम्मको पहुँच, हवाई मार्ग र यातायातमा सम्भावनाको ढोका खोलेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी रेल्वे, हवाई, सडक, विद्युत्, सञ्चार सम्पूर्ण क्षेत्रमा अगाडि बढेका छौँ । फाइदाको हिसाबले हामी यसलाई मूल्यमा नाप्नै सक्दैनौँ ।”

उहाँले चिनियाँ राष्ट्रपतिको भ्रमण विकास र समृद्धिको लागि गरिएको रणनीतिक समझदारी भएको उल्लेख गर्नुभयो । “चीन र नेपालको केही विषयमा समान चासो छन् । नेपालको पनि आर्थिक समृद्धि र विकासको चासो रहेको छ । हामी त्यसैमा केन्द्रित रहेका छाँै”, मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले दुई देशबीच भएको रणनीतिक साझेदारीको अर्थ अन्य कुनै गठबन्धन नभएको स्पष्ट पार्नुभयो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा नलाग्ने र असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई फरक कोणबाट व्याख्या गर्नुको कुनै अर्थ नभएको उहाँको प्रष्टोक्ति थियो ।

मन्त्री बाँस्कोटाले संसारका जुनसुकै देशका उच्चस्तरीय राजनेताको भ्रमणलाई नेपालले स्वागत गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा नै उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तर अगाडि बढाउने भन्ने विषय समावेश भएकाले पनि चिनियाँ राष्ट्रपतिको जस्तै थप भ्रमण हुनसक्ने र सरकारले ‘सगरमाथा संवाद’ जस्ता कार्यक्रम पनि अगाडि बढाउन लागेको सन्दर्भमा यस्ता भ्रमण निरन्तर हुने मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७६, ३० आश्विन बिहीबार  ७ : २६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको