तनहुँ, २० भदौ : पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रको जग बलियो बनाउनुपर्ने बताउनुभएको छ । व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको जग बलियो भयो भने मात्र नेपाली जनताले समृद्धि र सुशासनको अनुभूति प्राप्त गर्न सक्छ, त्यसैले यसका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्दछ ।” पूर्वराष्ट्रपति…