२०८३, २१ भाद्र सोमबार

‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’ : ज्ञवाली

‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’ : ज्ञवाली


काभ्रे, १३ कात्तिक: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताउनुभएको छ ।

तस्बिर : पेमा लामा(रासस)

भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको निजी आवासको अवस्था कस्तो छ भन्ने विषयमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँले सहुलियत ऋणका विषयमा सरकार र बैंकसँग सहमति भइसकेको बताउनुभयो ।

 

तस्बिर : पेमा लामा(रासस)

उहाँले भन्नुभयो, “विगतमा दूई प्रतिशत ऋण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था भएको र त्यसमा दूई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले तिरीदिने गरी छलफल भइसकेको छ ।”

उहाँले बैंकमा तिर्नुपर्ने पाँच प्रतिशत ब्याजदर रकम तिरिदिने विषयमा सहमति भइसकेको हुनाले ऋण लिनेको विवरण सङ्कलन गरी जिल्लामा छलफल गरी त्यसको टुङ्गो लगाउन सबै लाग्न आग्रह गर्नुभयो । “जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्राधिकरण प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “भविश्यमा पनि प्राधिकरण लाभग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।”

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सबैको सहयोगमा भूकम्प पुनःनिर्माणको काममा अगाडि बढ्न सकेको बताउनुभयो । सो क्रममा उहाँले ४५ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएकामा खुशी व्यक्त गर्दै भूकम्पका बेलामा सडक, खानेपानी, अस्थायी आवास नभएको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नेपाल सरकारबाट सहयोग पाएर समुदायमा केही व्यवस्थापन गर्न सकेको बताउनुभयो ।

अन्तक्र्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनःनिर्माणको काममा साझेदारी गरेर सहयोग गरेकामा खुशी व्यक्त गर्नुभयो । वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले वडामा एक हजार हजार १७ लाभग्राही रहेकामा ४६२ घरपरिवारले घर निर्माण गरिसकेको र ६६२ घरपरिवारले दोस्रो किस्ता लिइसकेको जानकारी दिनुभयो । रासस

 

प्रकाशित मिति : २०७६, १३ कार्तिक बुधबार  ९ : ५३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको