२०८३, २९ जेष्ठ शनिबार

ओली–प्रचण्डको कुरा मिलेन, मन्त्रिपरिषद् पुनर्गठन लम्बियो

ओली–प्रचण्डको कुरा मिलेन, मन्त्रिपरिषद् पुनर्गठन लम्बियो


काठमाडौं मंसिर ३ : प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ।

सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा जानकारी गराउन शीतल निवास जाने तयारी थियो। तर अध्यक्षद्वयबीच सहमति नभएपछि राष्ट्रपतिसँग भेट गर्न जाने कार्यक्रम रद्द भएको छ। ‘सहमति नजुट्नुको कारण निकटस्थ र आफन्तको संरक्षण कसरी भन्ने नै हो,’ स्रोतले भन्यो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री विना मगरको सट्टा नयाँ मन्त्री नियुक्ति गर्न चाहेका छन् भन्ने खबर अन्न्पूर्णपोस्ट दैनिकमा छ।

उनी पूर्वएमालेबाट पनि महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमध्ये केही मन्त्रीलाई पदमुक्त गर्ने योजनामा छन्। पूर्वमाओवादी समूहबाट मन्त्री बनेका खानेपानीमन्त्री मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ।

छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रिपरिषद्बाट झिक्दा दाहालले प्रस्तावित गरेका पूर्वएमालेतर्फका एक मन्त्रीलाई झिक्नेसम्मका प्रस्ताव गरे पनि दाहाल सहमत नभएको स्रोत बताउँछ। मंगलबार फेरि छलफल गर्ने भन्दै दाहाल बालुवाटारबाट बाहिरिएका थिए। स्रोतका अनुसार अध्यक्षद्वयले निर्णायक निष्कर्ष निकाल्न नसकेका कारण मंगलबार पनि मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना न्यून छ।

दुई अध्यक्षले यस विषयमा थप छलफल गर्ने भनिएको छ। ओली–दाहालले साँझ बालुवाटारमा छलफल गर्नुअगाडि आआफ्नो निवासमा पार्टीका नेताहरूसँग थप छलफल गरेका थिए। आइतबारको पार्टी सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने ‘सैद्धान्तिक सहमति’ भएको थियो। सचिवालय बैठकको उक्त कार्यादेशअनुसार अध्यक्षद्वय मन्त्रिमण्डल पुनर्गठन तयारीमा लागेका हुन्। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको २१ महिनापछि आपूm नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्।

प्रकाशित मिति : २०७६, ३ मंसिर मंगलबार  ७ : ०९ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको