२०८३, २३ आश्विन शनिबार

कर्मचारीलाई नवनियुक्त मन्त्री पार्वत गुरुङको निर्देशन : परिणामुखी काम होस, बिश्वासघात मान्ने हुन्न

कर्मचारीलाई नवनियुक्त मन्त्री पार्वत गुरुङको निर्देशन : परिणामुखी काम होस, बिश्वासघात मान्ने हुन्न


काठमाडौं ५ मंसिर :  नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिणाममुखी काम गर्न र आफ्नो बिश्वासमाथि घात नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्रालयलमा पदबहालीलगत्तै आज आयोजित आफ्नो स्वागत र निवर्तमानमन्त्री थममाया थापाको बिदाई कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूले कर्मचारी संयन्त्रलाई पुर्ण बिश्वास गर्ने तर बिश्वासघात चाँहि हुन नहुने बताए ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नुभएको समृद्ध नेपालस्सुखी नेपालीको लक्ष्य पूरा गर्न हरेक क्षेत्रमा एक कदम अगाडि बढनु छ, यो मन्त्रालयले पनि लोककल्याणकारी राज्यको अवधारणालाइृ आम नागरिकसम्म पुर्याउन काम गर्नुछ,’ मन्त्री गुरुङले भने, ‘स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रलाई म पुर्णत बिश्वास गर्छु, तपाईहरुको सुझाव र अनुभवलाई परिणाममुखी नतिजा निकाल्न लाग्नुछ, त्यसैअनुसार काम होस, हामी सवै मिलेर नतिजा निकाल्ने हो,’ मन्त्री गुरुङले भन्नुभयो, यति मात्र भन्न चाहन्छु, मेरो बिश्वासमाथि घात नहोस, बिश्वासघात भयो भने चाँहि क्षामा दिन सकिन्न ।’ मन्त्री गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिकले लोक कल्याण्कारी राज्यको अनुभुति गराउने गरी काम अघि बढाउनेतर्फ मन्त्रालयका सवै कर्मचारी लाग्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीको सपना र लक्ष्यलाई पूरा गर्न गर्नुपर्ने काममा कँहीबाट त्रुटी वा ढिलासुष्ती नहोस, यस मन्त्रालयमा सेवा लिन आउने हरेक सेवाग्राहीले अरु मन्त्रालय भन्दा छिटो सेवा पाएको अनुभुति गरोेस, यो काम आजबाटै, अहिलेबाटै सुरुवात होस,’ मन्त्री गुरुङले भने । मन्त्री गुरुङले पहिला आफूले मन्त्रालयको सवै बिषयमा जानकारी लिएपछि गर्नूपर्ने कामको सूची बनाउने र सोहीअनुसार काम अघि बढाउने बताए ।

हिमाली जिल्ला र पाहाडी जिल्लामा जाँदा आफूले महिला दिदीबहिनीहरुले भोग्नुपरेको सास्ती, बालबालिको दयनीइ अवस्था र जेष्ठ नागरिकको पीडा नजिकबाट नियालेको भन्दै मन्त्री गुरुङले यस मन्त्रालयलाई सवै नागरिकको आस्थाको बाहेक आफू सवै कुरामाआफूले पूर्ण बिश्वास गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

यसअघि नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गर्नुभयो । आज बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हो । पदभार सम्हालेलगत्तै उहाँले बाल विवाह अन्त्य हुने गरी २ महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्विकृत गरे ।

महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव नवनियुक्त मन्त्री गुरुङले स्विकृत गर्नु भएको हो । त्यस अवसरमा बोल्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नवनियुक्त मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना पनि अघि सार्नुभयो । नवनियुक्त मन्त्री गुरुङलाई मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलगायतका पदाधिकारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७६, ६ मंसिर शुक्रबार  १ : ४१ बजे

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा