२०८२, २२ चैत्र सोमबार

उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेको सचिवालय आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । गए राति नेता नेम्वाङ हृदयाघातका कारण निधन भएको हो…