२०८२, २८ कार्तिक शुक्रबार

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति


काठमाडौं । अन्तरिम सरकारको क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही कुरामा हाम्रो आपत्ति छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो । त्यसका लागि सबै दलहरुलाई एकसाथ लिएर अगाडि बढ्नुपर्ने थियो,’उनले भने । उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक मूठभेडतिर लैजान उद्यत भएको बताए । ‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ,’उनले भने ।

उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए ।  भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ४६ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई