२०८३, ३० भाद्र बुधबार

ओलीको कडा चेतावनी : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन’

ओलीको कडा चेतावनी : ‘गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा भएको सरकारी दमनमाथि छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति कडा आपत्ति जनाउँदै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेका छन्।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले आयोग गठनको उद्देश्य नै आफू र एमालेमाथि राजनीतिक प्रतिशोध लिने योजना भएको आरोप लगाए। उनले भने, ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुले आयोग बनाएर प्रतिवेदन लेख्ने? त्यो आयोग नक्कली हो, त्यसको प्रतिवेदन एमालेलाई कुनै हालतमा स्वीकार्य हुने छैन।’

सरकारले २३ भदौको जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको दमनबारे छानबिन गर्न कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। तर कार्कीले सो आन्दोलनका दिनहरूमा सामाजिक सञ्जालमा लेखेका विवादास्पद टिप्पणीका कारण सुरुबाटै निष्पक्षताको प्रश्न उठ्दै आएको थियो।

अध्यक्ष ओलीले भने, ‘आन्दोलनकै विरोधमा धारणा सार्वजनिक गर्ने मान्छेले अहिले आएर छानबिन गर्छ भने त्यो न्याय होइन, पूर्वाग्रह हो। यस्तो पक्षपाती आयोग एमालेले मान्दैन।’

उनले थपे, ‘यो आयोगले तयार पार्ने प्रतिवेदन कुनै पनि हालतमा हाम्रो लागि वैधानिक हुने छैन। सरकारले चाहेको जस्तो नाटक एमालेले कहिल्यै नखेल्नेछ।’

ओलीका अनुसार, जेन–जी आन्दोलनका क्रममा नागरिकमाथि भएको बल प्रयोग र सरकारले अपनाएको दमनकारी शैलीकै जाँच गर्नुपर्ने बेला उल्टै विपक्षीमाथि दोष थोपर्ने खेल भइरहेको छ।

‘न्यायका नाममा राजनीति गर्नेहरूको नाङ्गोपन देशले बुझिसकेको छ,’ ओलीले चेतावनी दिए, ‘अब जनता र एमाले दुवै यस्ता प्रवृत्तिको प्रतिवाद गर्न तयार छन्।’

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ४ : ४१ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको