कञ्चनपुर, १५ माघ: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवामा सबैको पहुँच पु¥याउन पहिलो पञ्चवर्षीय योजना ल्याउन लागेको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेको श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसको आज पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशलाई शिक्षित प्रदेशका रुपमा विकसित गर्नका लागि उच्च महत्वका साथ कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।…