२०८३, १ आश्विन शुक्रबार

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको ध्यानाकर्षण

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको ध्यानाकर्षण


काठमाडौ । कास्की क्षेत्र न. २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारिलाइ भने असोज २१ गतेदेखी हाजिर नहुनु भनिसकेको छ ।

उहाँले पचास जना डाक्टर ,१६२ नर्स,११ प्रयोगशाला प्राबिधिक र ८७ जना रेडियोलोजिस्ट हरूलाइ असोज २१ गतेबाट सेवामा नआउन स्वास्थ मन्त्रीले निर्देशन दिएको समाचार आएको भन्दै तत्काल सो कदम फिर्ता लिन आग्रह गर्नु भएको छ। सरकार एकातिर थप दरबन्दी स्वीकृत गर्ने अर्कोतर्फ कार्यरत स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने काम गरिरहेको छ ।

यसले चाडबाडका बेला सर्वसाधारण निजि अस्पताल जान बाध्य हुनेछन भन्दै साम्सद भट्टराईले स्वास्थकर्मीहरूलाइ प्रोत्साहित गर्दै सेवा प्रदान गर्ने अबशर दिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउछु उल्लेख गर्नुभएको छ। आर्थिक अबस्थाको कारण देखाई हटाउन गरिएको निर्णयले अस्पतालको सेवा प्रभावित भएर गुणस्तर खस्किने र सर्ब साधारण बाध्य भएर निजि अस्पताल जानुपर्ने बाताबरण स्वयं सरकारले नै सृजना गर्न लागेको बताउनु भएको छ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ४ : २४ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण