काठमाडौं । राजधानी उपत्यकामा जारी आन्दोलनले असामाजिक गतिविधिहरू बढेपछि प्रहरीले नियन्त्रण गुमाएको देखिएको छ। विरोध प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी वृत्त र पोष्टहरूमा आगजनी तथा तोडफोडका घटनाहरू हुन थाले। स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हात झारेको छ। सुरक्षा निकायका सदस्यहरूले हतियार छाडेर सादा पोशाकमा निस्कनुपरेको छ भने १४ वटै प्रहरी वृत्तका थुनुवा समेत छाडेर प्रहरीहरू बाहिरिएका छन्।…