२०८३, ८ भाद्र मंगलबार

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै


काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको सुरक्षालाई सुदृढ बनाउन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) औपचारिक रूपमा घोषणा गर्न तयारी अवस्थामा छ।

माइतीघर मण्डलामा भेला भएर बानेश्वरसम्म मार्चपास गरिनेछ र त्यसपछि बबरमहलस्थित कार्की बैंक्वेटमा विशेष कार्यक्रममा फोर्सको उद्घाटन गरिनेछ। जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढ्दो असुरक्षा, राजनीतिक अशान्ति तथा भदौ २३–२४ का घटनाले आम नागरिकको मनोबल खस्किएपछि एनभीएफ गठन अपरिहार्य भएको हो।

उनका अनुसार एनभीएफले राज्यका सुरक्षा निकायलाई सहयोग गर्ने, जनतालाई भय-आतङ्कबाट मुक्त गर्ने, प्राकृतिक प्रकोपमा उद्धार तथा राहतमा सक्रिय रहने जस्ता जनमूलक कार्यलाई प्राथमिकता दिनेछ। अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे औपचारिक रूपमा फोर्सको घोषणा गर्ने कार्यक्रम छ। एमालेले सुरक्षा संवेदनशीलता बढेको र अध्यक्ष ओलीलगायत शीर्ष नेताको सुरक्षा फिर्ता गरिएको अवस्थामा स्वेच्छिक फोर्स आवश्यक भएको दाबी गरेको छ। पार्टीले एनभीएफलाई प्रदेश र जिल्लास्तरमा समेत विस्तार गर्ने तयारी गरेको छ। संरचनामा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डर रहने व्यवस्था मिलाइएको छ।

यसबीच, एमाले युवा नेता तथा पोलिटब्यूरो सदस्य महेश बस्नेतले एनभीएफलाई राष्ट्रका लागि समर्पित युवा शक्तिको ठूलो अभियानका रूपमा व्याख्या गर्दै भने “राष्ट्रका लागि, समाजका लागि, भविष्यका लागि-एनभीएफ देशभरका युवाहरू, समाजसेवीहरू र परिवर्तन चाहने सबैको साझा शक्ति हो। यो केवल भीड होइन, यो प्रतिबद्धता हो, राष्ट्रिय जागरणको संकेत हो। जब हजारौँ हात एउटै दिशामा उठ्छन्, राष्ट्रले नयाँ उचाइ छुन्छ।”

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  १० : ११ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र