२०८३, २० आश्विन बुधबार

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि


काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पछिल्ला घटनाहरू, विशेष गरी बाराको सिमरा घटनाले सरकारको प्रतिशोधपूर्ण कार्यप्रणाली पुष्टि गरेको र प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता बढाएको ठहर गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीले सरकार निर्वाचनको वातावरण सिर्जना गर्न असमर्थ रहेको, नेताहरूलाई निषेध गर्ने र सभा बिथोल्ने गतिविधिहरूले प्रतिशोधको बाटो अघि बढेको प्रमाणित भएको बताए। उनले भने, “सरकारको यी कदमहरूले लोकतान्त्रिक प्रक्रिया कमजोर पार्ने प्रयास मात्र गर्छ, संसद पुनर्स्थापनाको आवश्यकता अझ बढेको छ।”

बैठकले निर्वाचनको वातावरण बनाउन तथा लोकतन्त्रको रक्षा गर्न एमालेले आवश्यक सबै कदम चाल्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  १० : १० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको