परासी, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले रामग्राम स्तूपको विकासमा तत्परता देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम–७ मा अवस्थित रामग्राम स्तूपको आज अवलोकनका लागि आउनुभएका नेता गौतमले ऐतिहासिक महत्व बोकेको स्तूपको विकास नभएको देख्दा आफूलाई चिन्ता लागेको बताउनुभयो । रामग्राम स्तूप भगवान् गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै…