२०८१, १ फाल्गुन बिहीबार

आज कांग्रेस केन्द्रीय समितिको बैठक विश्व–गगनलाई ‘गलाउने’ प्रयासमा देउवा

आज कांग्रेस केन्द्रीय समितिको बैठक विश्व–गगनलाई ‘गलाउने’ प्रयासमा देउवा


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक आज अपराहन्न २ बजेदेखि बस्ने भएको हो ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेस गरेको प्रस्तावबारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ । यसअघि शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ । सभापति देउवाले अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।

निर्वाचनपूर्व गठबन्धन गर्नै नहुने र नेताहरूको जिम्मेवारीको समय सीमा तोक्ने महामन्त्रीद्वयको प्रयास मध्यमार्गी विकल्पमा सल्टाउन कांग्रेसभित्र करिब–करिब सहमति जुटेको छ । योसँगै गठबन्धनलाई रणनीति बनाउन र एक्जिट पोलिसीलाई संविधान संशोधनको मुद्दा बनाउने गरी केन्द्रीय समिति बैठकबाट निर्णय लिने तयारी भएको छ । कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएकोे २५औँ दिनमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच मध्यमार्गी विकल्पको खोजीबारे सहमति बनेको हो ।

आइतबार बस्ने केन्द्रीय समिति बैठक अगाडि पदाधिकारी तहमा थप छलफल गरेर निर्णयलाई अन्तिम रूप दिने तयारी छ । प्रवक्ता डा। प्रकाशशरण महतले केही असहमतिका विषयमा अधिकतम सहमतिको प्रयास भएको र आइतबार सर्वसम्मतिले निर्णय लिइने बताए । ‘सबै एजेण्डाका विषयमा पदाधिकारी तहमा छलफल भइरहेका छन् । आइतबारको केन्द्रीय समिति बैठकले सहमतिबाटै निर्णय लिनेछ र बैठक समापन हुनेछ,’ उनले भने ।

संशोधनको विषय प्रवेश हुँदा छलफलको विषय बनाउन नेताहरू सहमति नजिक छन् । ‘आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन संगठन सुदृढीकरण अभियान अघि बढाउने र रूखमै भोट हाल्ने अवस्थाको सुनिश्चितता गर्ने,’ निर्णयमा राख्ने भाषाका विषयमा नेताहरूबीचको छलफलबारे स्रोतले भन्यो, ‘निरन्तरको छलफलबाट असहमतिको दूरी साँघुरिएको छ ।

यही सेरोफेरोमा भाषा मिलाएर बैठकअघि अन्तिम रूप दिन शीर्ष नेताहरू सकारात्मक हुनुहुन्छ । एक्जिट पोलिसीको विषय संविधान संशोधनबारे छलफलका क्रममा बहसमा लैजाने गरी निर्णय गर्न नेताहरू सहमत हुनुहुन्छ ।’ महामन्त्रीद्वयको प्रस्तावमा सहमति जुटाउन सभापति देउवाले शृंखलाबद्ध प्रयास गरिरहेका छन् । गत २३ साउनबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक ११ एजेण्डामाथि केन्द्रित छ ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  ८ : ३४ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले