हेटौँडा, १५ जेठ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो ।…