२०८२, २१ असार शनिबार

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह

एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन् । 

आइतबार  सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री  सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन् ।  उनले  भने,  ‘मन्त्रीको  जिम्मेवारी दिइसकेपछि  १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्य अनुसार धेरै कामहरु गरिसकेको  छ । तर आउना साथ जादुको छडी कसैसँग  छैन । सहर बनाउने कुरा सय दिनमा बन्दैन । जे जे समस्याहरु छन् ति चाँही सम्बोधन गर्नको  लागि समय लाग्ने गर्छ । तर  पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं । तर कुनै उल्लेखनीय काम मैंले जादु नै गरे भन्ने अवस्था चाँही छैन ।’

साथै उनले  शहरहरु  व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए ।  उनले शहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे । उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए । उनले मिडियामा समाचारहरु नराम्रो कामको  मात्र आउने  तर राम्रो  काम गरेको समाचार  नआउँदा दुःख लाग्ने गरेको  बताए ।

प्रकाशित मिति : २०८१, ४ कार्तिक आईतबार  १२ : ०६ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न