२०८३, ८ कार्तिक आईतबार

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका २७ व्यापारिक फर्म तथा उद्योगमा अनुगमन गर्दा कैफियत भेटिएका तीन फर्मलाई जरिवाना गरेको छ। थप तीन फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा कैफियत भेटिएपछि…