२०८३, २५ आश्विन सोमबार

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा बहादुर सिंह लामा तामाङले अग्रता कायम गरेका छन्।

९०० मत गणना हुँदा लामाले ३८० मत प्राप्त गरेका छन्। एक पदका लागि भइरहेको प्रतिस्पर्धामा ओमबहादुर घर्ती मगर २१७ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, तारामान गुरुङले ११८, दिलमान पाख्रिनले ७४ र प्रशान्त मान सिंह मास्केले २८ मत प्राप्त गरेका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार लामा आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्। यद्यपि, मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

सहमहामन्त्री (आदिवासी जनजाति) पदको अन्तिम परिणामले कांग्रेसको नयाँ नेतृत्वमा उक्त समुदायको प्रतिनिधित्व कसले गर्ने भन्ने टुंगो लगाउनेछ।

प्रकाशित मिति : २०८३, २५ आश्विन सोमबार  ८ : ३० बजे

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,