२०८३, २५ आश्विन सोमबार

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरुपयोग गर्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएका छन्। प्रहरीको गलत आचरणले व्यक्तिको मात्र होइन, सिंगो संगठनकै प्रतिष्ठा ध्वस्त पार्ने भन्दै उनले जिम्मेवारीमा रहेका अधिकृतहरूलाई सचेत गराएका हुन्।

सोमबार राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्कीले प्रहरी अधिकृतहरूलाई शक्ति र पदको आडमा होइन, कानुन र व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए।

प्रहरीको पोसाक लगाउँदैमा सम्मान प्राप्त नहुने उल्लेख गर्दै उनले आचरण, इमानदारिता र कार्यशैलीबाट जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। पदीय अधिकारलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउने वा अनुचित प्रभावमा परेर निर्णय गर्ने प्रवृत्तिले प्रहरी संगठनको छविमै गम्भीर क्षति पुर्‍याउने उनको भनाइ थियो।

कार्कीले सेवाग्राहीमाथिको व्यवहार, अनुसन्धानको निष्पक्षता, कर्मचारीप्रतिको दृष्टिकोण र समुदायसँगको सम्बन्धले प्रहरी नेतृत्वको वास्तविक चरित्र देखाउने बताए। उनले भय, प्रलोभन, माया वा द्वेषका आधारमा नभई कानुनअनुसार निष्पक्ष निर्णय लिन प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।

दीक्षित प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै उनले तालिम सकिनु जिम्मेवारी पूरा हुनु नभई वास्तविक परीक्षाको सुरुवात भएको बताए। पदलाई दर्जा र अधिकारका रूपमा मात्र नबुझी जनताको सेवा, संगठनको प्रतिष्ठा र निर्णयको जवाफदेहितासँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २०८३, २५ आश्विन सोमबार  ७ : २० बजे

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ