२०८३, ९ कार्तिक सोमबार

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा विभिन्न मुलुकबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लामो समयदेखि थन्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विमानस्थलको कार्गो निरीक्षणका क्रममा विपद्का लागि ल्याइएका लत्ताकपडालगायत सामग्री सम्बन्धित स्थानमा पठाउन नसकिएको देखेको बताए। उनका अनुसार…