धुलिखेल, ८ बैशाखः काभ्रेको पाँचखाल नगरपालिकाले लकडाउनका समयावधि लम्बिन सक्ने भन्दै विद्यार्थीहरुलाई अनलाइन मार्फत पठनपाठनको ब्यवस्था गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । साेमबार पाँचखाल नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक र प्रतिनिधिसँग छलफल गरेर अनलाइन पठनपाठनको ब्यवस्था मिलाउने निर्णय भएको मेयर महेश खरेलले जानकारी दिए । बैठकले पाँचखाल नगर भित्र रहेका विद्यालयहरुले शैक्षिक…