२०८३, १७ बैशाख शुक्रबार

पाँचखाल नगरपालिकाको निर्णयः ‘अनलाईन मार्फत पठनपाठन गराउने’

पाँचखाल नगरपालिकाको निर्णयः ‘अनलाईन मार्फत पठनपाठन गराउने’


धुलिखेल, ८ बैशाखः   काभ्रेको पाँचखाल नगरपालिकाले लकडाउनका समयावधि लम्बिन सक्ने भन्दै विद्यार्थीहरुलाई अनलाइन मार्फत पठनपाठनको ब्यवस्था गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । साेमबार पाँचखाल नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक र प्रतिनिधिसँग छलफल गरेर अनलाइन पठनपाठनको ब्यवस्था मिलाउने निर्णय भएको मेयर महेश खरेलले जानकारी दिए ।

बैठकले पाँचखाल नगर भित्र रहेका विद्यालयहरुले शैक्षिक सत्र २०७६ मा कक्षा १ देखि ९ सम्म लिइएको परीक्षाको नतिजा यहि बैशाख १५ गते सम्म प्रकाशन गरी विद्यालयहरुले आफ्ना विद्यार्थी वा अभिभावकहरुलाई कुनै भेला नगरीकन फोन, सामाजिक संजाल मार्फत जानकारी गराउने पनि निर्णय गरेको छ ।

बैठकले शिक्षक तथा विद्यार्थीहरुले बन्दाबन्दीको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न सकियोस भन्ने हेतुले विद्यालयका प्रअहरुको आपसी समन्वयमा शैक्षिक सत्र २०७७÷७८ को कक्षागत पाठ्यक्रम बमोजिक विषयगत भिडियो तयार गर्ने, मिडास जुम जस्ता एप्सहरुबाट शैक्षिक सामाग्री डाउनलोड गरी विद्यार्थीको पँहुचमा पु¥याउने तथा अनलाईन मार्फत पठनपाठन गराउने निर्णय भएको छ ।

त्यस्तै ठुला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई किताव हस्तान्तरण गर्ने त्यसको समन्वय सम्बन्धित विद्यालयहरुले गर्ने निर्णय भएको छ । यसको समन्वयको लागि विशाल घिमिरेको संयोजकत्वमा ६ सदस्यीय समिति समेत निर्माण भएको मेयर खरेलले बताए ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  २ : ३८ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले