२०८३, ८ कार्तिक आईतबार

तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री मात्रै आयात

तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री मात्रै आयात


काठमाडौं, ७ वैशाख: निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामाग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आए यता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामाग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तत्कालका लागि स्वस्थ्य सामाग्री मात्रै नाका भएर आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य सामाग्री चीनतर्फबाट नेपाल भित्रिएका छन,’ भन्सार प्रमुख खत्रीले भने ।

कोरोना सर्तकता अपनाउँदै भन्सारले प्रथमिक चरणमा कारोबार गरिरहेको उनले बताए । हाल चीनीयाँ कन्टेनरले माल वस्तु ल्याएर नेपालतर्फको यार्डमा खन्याउने र त्यसलाई २४ घण्टा कोरिन्टाइनमा राखे पछि नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

तत्कालका लागि अत्यवश्यक खाद्यन्न र फलफूलको आयात पनि गर्ने गरी तयारी भईरहेको उनले बताए । चिनमा कोरोना संक्रमण देखिए पछि माघ १४ गते देखि बन्द भएको नाका चैत १२ गतेबाट औपचारिक रुपमा खुल्ला भएको थियो ।

स्राेतः अनलाइन खबर 

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  ३ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना