२०८३, ९ कार्तिक सोमबार

एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज


काठमाडौं, ७ वैशाख: नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो ।

निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको बताएको छ ।

बाँकी ५० उद्योगले अनुमति अनुरुप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नकसेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै तिनीहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको जानकारी दिइएको छ ।

सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज भएको छैन ।

अहिले खारेज भएका उद्योगहरुले २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र पाएका थिए । अनुमतिपत्रमा उल्लेख भएअनुसार समय सीमाभित्र ग्यास उठाउने गरी पीडीओ लिन नआएका उद्योगको अनुमतिपत्र खारेज भएका निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  ९ : ४१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि