अहिले लकडाउन छ । यसको मतलब यो होइन की हुल बाँधेर हिड्न पाइन्छ । गाडी चड्न पाइदैन । मानिसको हुल नियन्त्रणकै लागि लकडाउन गरिएको हो । जहाँ छौँ, त्यहि सुरक्षित बसौँ । तर घर भित्र बस्दा पनि दूरी भने कायम गर्न पर्छ । घरमै बस्दा अन्य के के कुरामा ख्याल राख्ने भन्ने विषयमा धुलिखेल अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग काजल तामाङ/मालती कुवँरले गरेको कुराकानी ।
अहिले सबैजना कोराना भाइरसको कारण सबैजना सेल्फ क्वारेन्टाइनमा बसिरहेको अवस्था छ । यो सेल्फ क्वारेन्टाइन भनेको के हो ?
अहिले हामीलाई हाम्रै घरमा लकडाउन भन्ने अवस्थामा राखिएको हो । हामीलाई भाईरसले छोयर नै त हैन तर यो भाइरस कोसंग छ ? कोसंग छैन ? भन्ने त थाहा छैन । त्यसैले यदी यो भाइरस कोहीसंग रहेछ भने पनि कसैलाई नसरोस भनेर आफैलाई छुट्याएर घर भित्र राखेको हो ।
के–के कुरामा ख्याल राख्दा राम्रो हुन्छ त हाम्रो स्वास्थ्यको लागी ?
यसमा विचार गर्नुपर्ने कुराहरु के–के छनु भने, सकभर कसैलाई पनि यो लकडाउनको अवधीमा आफ्नो सम्पर्कमा नल्याउने । सकेसम्म कसैले छोएर दिएको खानेकुरा सकेसम्म नखाने । यो चाँही किनभने छुदाँ खेरी एक व्यक्तिमा त्यो रोग छ भने सर्न सक्छ । यस कारण पनि हामीलाई छुट्याएर राखेको हो । त्यही भएर यस्तो बेलामा धेरै मानिसको सम्पर्कमा जानु हुदैँन । आफुलाई आफैँले छुट्याएर राखौँ । खाना खादाँ पनि आफु हुलमुलमा सामिल नभई सकेसम्म छुट्टै पकाएर खाने । यस्तै भएका कुराहरु पकाएर खाऔं नभएका थप कुराहरु किन्नमा जोड दिनुहुदैँन । साधारण ज्वरो, रुघा, खोकी लागेको जस्तो महशुस भयो भने तातो पानि तताएर खाने गर्नुपर्छ । अलि धेरै गारो भयो भने हामी सिटामोल सम्म खान सक्छौँ । अनि आफुलाई अलि संका लाग्यो भने विभिन्न चिकित्सकहरुको हटलाईन नम्बर खुल्ला गरिएको छ यो समयमा हामी उहाँहरुको सम्पर्कमा पनि जान सक्छौँ । जस्तै अहिले धुलिखेल अस्पतालले पनि राखेको छ । यस्ता नम्वरहरुमा पनि फोन गरेर सोध्न सक्नुहुनेछ । सानो सानो कुरामा आत्तिनु चाँही पर्दैन । यो अवस्थामा घरमा नै बसेर आफुने गर्ने गरेको सामान्य कामहरुलाई निरन्तरता दिदाँ हुन्छ । हामी घरमा बसिरदाँ पनि विषेश गरी सरफाईमा ध्यान दिनुपर्ने हुन्छ । गुम्सिएको भन्दाँ हावामा बसेको नै राम्रो हुन्छ । त्यसैले घर भित्र बस्दाँ पनि झ्यालहरु खोलेर राखेको नै राम्रो हुन्छ । पानिहरु पनि सफा पिउने गर्नुपर्छ । हात धुने कुराहरुमा पनि हामी निकै सचेत हुनु जरुरी छ । त्यसैगरी दोस्रो व्यक्तिसंग पनि हात नमिलाउने । नयाँ मानिसहरुसंग सकभर नमिल्ने र यदी मिल्नै पर्ने जरुरी छ दुरी कायम गरेर मात्र कुराकानी गर्ने । खानेकुराहरु खादाँ चाँही हामीले नबार्ने किनकी यो जरुरी छैन । सामान्यतय हामीले जे खानेकुराहरु खाई रहेका छौँ त्यही खानेकुरा खादाँ हुन्छ । तर जे खाएता पनि पाक्ने गरी खानुपर्छ ।
अहिले प्राय सबैजना गाउँमा जानु भएको छ । एउटै परिवारमा पनि मानिसको संख्यामा त धेरै नै बृद्धी भएको छ । यो अवस्थामा चाँही व्यवस्थापन कसरी गर्न सक्छौँ ?
गाउँघरमा एकदमै ठुलो ठाउँ छ । यो कुरामा चाँही मानौँ एउटा घरमा ५ जना सम्मको सदस्य छन् भने घरमा पहिलो दोस्रा तल्लामा मिलाएर छुट्टाछुटै सुत्ने व्यवस्था मिलाउने । परिवारका कसैलाई पनि यो कारोनाको संक्रमण या लक्षण छैन भने हामी त्यही परिवारमा मात्र सिमित हुने र दोस्रो परिवारको सदस्यहरुसंग घुलमिल नहुने । हामीले घरको सदस्यहरुसंग कुरा गर्दा पनि दुर कायम गरेर गर्नु पर्दछ । अव विदेशबाट फर्किएका घरका सदस्यहरुलाई के गर्ने होला भन्दा उसलाई छुट्टै कोठामा राख्ने । उसले छोएको हरेक कुराहरुलाई धोइ पखाली गरेर मात्र खाने र राख्ने । उसले छोएको हरेक कुराको सरसफाई राम्रोसंग गर्नुपर्छ । यदी यस्तो गर्न सकियो भने धेरैलाई यो रोग सर्न पाउदैँन ।
अहिले त मौसम परिवर्तनको बेला पनि छ । सामान्य रुघा खोकी लाग्दाँ पनि कोरोनाको लक्षण हो की भनेर मानिसहरु त्रसित भैरहेका छन् । यसमा चाँही के गर्न सकिन्छ ?
मैसमी विरामी हुदाँ चाँही साधारण रुघा खोकी र ह्याछिउ आउने हुन्छ । धेरै ज्वरो पनि आउदैँन । तातो पानी खादाँ त्यो निको भैहाल्छ । तर कोरोनाको लक्षणमा चाँही ज्वरो अलि धेरै नै आउँछ । खोकी पनि लामो समय सम्म बढ्दैँ जान्छ । रुघा चाँही अलि कम नै लाग्छ तर सास फेर्नको लागी भने धेरै नै समस्या हुन सक्छ । विदेशबाट आएकाहरुमा चाँही यस्तो खालको समस्या आयो भने संका गर्नुपर्ने अवश्था हुन सक्छ । यो बेलामा हटलाईन नम्बरमा फोन गरेर सोधिहाल्नुपर्छ । या जचाउनको लागी गइहाल्नुपर्छ ।
गाउँमा मानिसहरु फर्किपछी चाँही भोज खाएर रमाइलो गरिरहेको पनि देख्न सकिन्छ कतिपय ठाउँमा । यो चाँही स्वास्थ्यको लागी कत्तिको लाभदायिक हुन् ?
यस्तो अवश्थामा भोजभत्तेर त गर्नु नै हुदैँन । यो समय भनेको घरमा बस्ने हो । केही रमाइलो कुराकानी गर्नु छ भने फोनमा गर्ने बरु । घरको सदस्यहरु त छुटिएर बस्नुपर्ने बेलामा यो भोजभत्तेर गर्नु भनेको आफैँलाई नोक्सान पुर्याउने हो । अहिले केही दिन दुःख गरेर भोलिको लागी राम्रो हुन्छ भने दशै जस्तो सम्झिएर भोजभत्तेर नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
धुलिखेल अस्पतालको चाँही तयारी के छ त ?
यो अस्पतालमा शंकास्पद मानिसहरले फोन गर्न सक्नुहुन्छ । यसको लागि हामीले हटलाइन पनि खुल्ला गरेका छौँ । यदी शंका लागेको कोही हुनुहन्छ भने हामीले यहाँ आइसोलेसन वार्डको पनि व्यवस्था गरेका छौँ । अस्पतालले स्वाब परिक्षण पनि थालेका र्छौंं। यो बेला गम्भीर प्रकृतिका बाहेक अन्य विरामीको संख्या अस्पतालमा नबढोस भनेर फोनबाटै चिकित्सकीय परामर्श दिइरहेका छौ । कोही पनि हल्लाको पछि नलाग्नुहोला । डाक्टरको सल्लाहमा औषधी लिनुहोला । धेरै नआत्तिनुहोला , र आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुहोला ।








प्रतिक्रिया