काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित उनको निवासबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षासम्बन्धी विषयमा अनुसन्धान गर्न पत्राचार गरेपछि सोही आधारमा उनलाई पक्राउ गरिएको…