२०८३, १५ श्रावण शनिबार

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

डाँडापारीमा एमाले प्रवेशको लहर


काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामा काभ्रेको डाडापारीमा घरदैलोमा पुगेका छन् ।
घरदैलो तथा भेटघाट कार्यक्रममा उम्मेदवार लामाले डाडापारी क्षेत्र खानीखोला र महाभारतलाई कफीको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादन कफीलाई विश्व बजारमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले डाडापारीलाई नेपालकै नमुना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने योजना आफ्नो ड्रिम प्रोजेक्ट पनि सार्वजनिक गरका छन् । लामाले ड्रिम प्रोजेक्टलाई सफल बनाउने काम डाडापारीकै जनताको साथ र सहयोग आवश्यकता रहेको बताए । परियोजनाका निर्माणका लागि आफुसंग देश तथा विदेशका सफल व्यवसायी, सरकारी तथा गैरसरकारी निकायसंग छलफल भईरहेको डाडापारीका जनातासग घरदैलोमै गएर सुनाएका छन् । परियोजना सञ्चालनमा आएपछि डाडापारीका युवा विदेश जानु नपर्ने र गाउँमै रोजगारीका अवसर सिर्जना हुनेछन् । लामाले डाँडापारीमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई प्राथमिकता दिने पनि बताए ।


आज माहभारत गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
उमेरदवार लामासंग सविधानसभा सदस्य रामहरि सुवेदी समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्व मन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलिप लामा, राकेश लामा, चन्द्र लामा, र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायतले छन ्।
घर्तिछापमा एमाले प्रवेशको लहर
महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित घरदैलो कार्यक्रममा घनश्याम आले एमाले प्रवेश गरेका छन् । आले पहिले एमाले विभाजनअघि क्षेत्रीय कमिटी उप–सचिवको थिए, उनी एमाले विभाजनपछि समाजवादी बनेका थिए । घर्तिछापमा नेपाली काँग्रस ,नेकपा समाजवादी र पूर्व माओवादी पार्टीको नेताहरु घनश्याम आलेसँगै एमाले प्रवेश गरेका छन् । प्रवेशहुनेहरुमा कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा,सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइवा, जित बहादुर सिंतानेश,नेत्रबहादुर दर्लानी, सुरेश थिङ लगायतले पनि एमाले प्रवेश गरेका छन् ।
महाभारत गाउँपालिका–२ मा पनि धनकाजी मोक्तान, मान बहादुर घिसिङ, धन बहादुर घिसिङ एमाले प्रवेश गरेका थिए। महाभारतमा पार्टी प्रवेशको यो लहरले एमालेलाई उत्साहित बनाएको छ ।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ११ : २७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा