भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ । आज क्रियासिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करमा बृद्धि नगरे पनि तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताउनुभयो…