२०८३, ५ कार्तिक बिहीबार

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान


भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा अब हरेक महिना दिव्य गंगा आरती सञ्चालन हुने भएको छ ।

श्री अनन्तलिङ्गेश्वर महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले हरेक महिनाको अन्तिम सोमबार अब अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने भएको हो ।

यही साउनको २५ गते सोमबार बेलुका ५ बजेबाट शुभारम्भ हुने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो ।

दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

समितिले शुभारम्भ गर्ने दिव्य गंगा आरतीमा सहभागि हुन उहाँले सम्पूर्ण भक्तजन एवं स्थानीयवासीमा आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ९ : ५३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा