२०८२, २७ भाद्र शुक्रबार

माछा पालनमा पाँचखाल नगरपालिकाको जोड

धुलिखेल, २ फागुनः ताजा तरकारी उत्पादनमा आत्मनिर्भर रहेको पाँचखाल नगरपालिकाले किसानलाई माछा पालनमा पनि जोड दिन थालेको छ । कुखुरा, बाख्रा र भैसीँ पालनमा पनि आत्मनिर्भर रहेको नगरपालिकाले माछा पालनलाई विशेष महत्व दिएको कृषि शाखा प्रमुख दत्त प्रसाद गौतमले बताए । कृषि शाखाले माछा पालनलाई ब्यवसायीक रुपमा लैजाने हिसाबले आइतबारबाट तालिम समेत सुरु गरेको छ…