२०८३, १२ कार्तिक बिहीबार

पनौतीका मेयरः जसले भारतबाट काम गरी फर्केलाइ टेकु पुर्याए

पनौतीका मेयरः जसले भारतबाट काम गरी फर्केलाइ टेकु पुर्याए


धुलिखेल, ११ चैतः सोमबार दिउँसो २ बजेतिर पनौती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तारामान लामाले मेयर भिमप्रसाद न्यौपानेलाई फोन मार्फत जानकारी गराए । भारतबाट काम गरि फर्केका गाउँ आइपुगे के गर्ने ? लगत्तै मेयरले दुई वटा एम्बुलेन्सकाे ब्यवस्था मिलाए । र आदेश दिए स्वास्थ्य परीक्षण गराउन ।

मेयर न्यौपानेको आदेश अनुसार बल्थलीबाट २ जनालाई लिएर दुईवटा एम्बुलेन्स शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्यो । उनीहरुको ज्वरो, खकार परीक्षण गरियो । सबै ठिक रहेको डाक्टरहरुले बताएपछि उनीहरु सोहि एम्बुलेन्स बल्थनी नै पुर्यो । नगरपालिकाको स्वास्थ्य शाखाले उनीहरुको निगरानी राखेको छ । घर बाहिर नस्किन आग्रह गरेको छ ।

वडाध्यक्ष तारामान लामाले २ जना आइतबार गाउँ आइपुगेको र अन्य ११ जना गाउँ आउँदै गरेको सुचनाको आधारमा पनौती र गाउँ नपुग्दै अस्पताल लगेर परीक्षण गरेको बताए ।

उनीहरु आइतबार गाउँ आइपुगेका थिए । पनौती नगरपालिकाले सोमबार देखि बसपार्कमा हेल्थ डेक्स राखेको छ । नगरपालिकाले कोरोना संक्रिमतका लागि लक्षित गरेर ४ वटा एम्बुलेन्सत तयारी अवस्थामा राखेको छ । नगरपालिकाभित्रका नागरिकले यो सेवा लिन पाउनेछन् ।

३५ लाखको कोरोना विपद् कोष कडा गरेको नगरपालिकाले वडामा स्तरमा रहेको विपद् ब्यवस्थापन समितिलाई सक्रिय बनाएर बिदेशबाट आएको हरेक नागरिकको अभिलेख राख्न निर्देशन दिएको छ । नगरपालिकाले खुल्ला क्षेत्र तर्फ पालिकाको वडा नम्बर ५ मा रहेको छाला कारखाना र शिखरप्लाई कारखाना क्षेत्रलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यस्तै वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाई पनि क्वारेन्टाइनका लागि तोकेको छ ।

भवन तर्फ इन्द्रेश्वर र तेजगंगा बहुमुखि क्यम्पसलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यसैगरी कुशादेवी क्यम्पसलाई पनि क्वारेन्टाइनका लागि तोकेको बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ११ : ३२ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली