धुलिखेल, १६ चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेधापमा ट्रक दुर्घटना हुदाँ तीन जान घाइते भएका छन् । रोशी गाउँपालिकाको जुगेपानी हुदैँ इट्टा भट्टमा काम गर्ने मजदुर लिएर गएको बा ३ ख ८८२६ नम्बरको ट्रक आइतबार पल्टिएको हो । ट्रकमा चालक सहित ८ जना सवार भइरहेको र ३ जना घाइते भएको बताइएको छ ।…