२०८३, २१ आश्विन बिहीबार

बनेपामा लकडाउन उल्लंघन गर्नेलाइ धमाधम समाउँदै प्रहरी

बनेपामा लकडाउन उल्लंघन गर्नेलाइ धमाधम समाउँदै प्रहरी


धुलिखेल, २० चैतः बनेपा प्रहरीले बिहीबार लकडाउन उलंघन गर्दै हिड्ने करिब एक सय जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बनेपाले लकडाउनको दशैँ दिन अनावश्यक रुपमा हिड्डुल गर्नेलाई नियन्त्रणमा लिएको हो । काभ्रे प्रहरीले जिल्ला भरका आफ्नो युनिटलाई लकडाउनको उल्लंघन गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

नियन्त्रणमा लिएकालाई बनेपा बसपार्कमा राखिएको छ । उनीहरुलाइ लकडाउनका बेला गर्न हुने र नहुने कुरा जानकारी गराइने छ । त्यस्तै कोरोना भाइरसबाट जोगिने उपाय पनि सिकाइने प्रहरीले जनाएको छ । त्यस्तै उनीहरूकाे ज्वराेकाे समेत जाँच गरिएकाे छ ।

यसअघि मंगलबार जिल्लाभर १ सय ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उक्त दिन प्रहरीले बनेपाबाट मात्रै १ सय २२ जना नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सबैलाई पोलिटेक्निकलको खेलमैदानमा लगेर लकडाउनका बेला ख्याल गर्नुपर्ने कुरा र कोरोना भाइरसबाट जोगिने उपायका बारे ३ घण्टामा सम्म राखेर अब देखि अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्ने लिखित प्रतिबद्धता जनाएर छोडेको थियो ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  १० : ३५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी