२०८३, ३० असार बुधबार

सूर्यविनायकमा नयाँ रंगशाला निर्माणबारे प्रधानमन्त्री ओलीको पहलमा उच्चस्तरीय छलफल

सूर्यविनायकमा नयाँ रंगशाला निर्माणबारे प्रधानमन्त्री ओलीको पहलमा उच्चस्तरीय छलफल


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रियस्तरको नयाँ रंगशाला निर्माणका लागि उच्चस्तरीय छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का शीर्ष अधिकारीहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले हालको दशरथ रंगशाला दर्शक क्षमताका हिसाबले सानो भएकाले नयाँ रंगशालाको आवश्यकता औंल्याउँदै ठुलो र सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक पूर्वाधार र जग्गा व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए । सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८ स्थित जगाते क्षेत्रको पुरानो इँट्टा टायल कारखानामा रहेको करिब २०० रोपनी क्षेत्रफलको जग्गा रंगशाला निर्माणका लागि प्रदान गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी पनि छलफलमा गराइएको छ।

प्रधानमन्त्री ओलीले सो स्थलमा कम्तीमा ५० हजार दर्शक अट्ने आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्। बैठकमा सूर्यविनायक नगरप्रमुख वासुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

सरकारको यो पहलले राजधानी क्षेत्रमै अर्को प्रमुख खेलकुद पूर्वाधार विकास हुने अपेक्षा गरिएको छ। छलफल सकारात्मक रहेको र आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया चाँडै अघि बढाइने जानकारी सहभागी निकायहरूले दिएका छन् ।

प्रकाशित मिति : २०८२, १२ श्रावण सोमबार  ११ : ४२ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै