२०८३, २० आश्विन बुधबार

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार


हेटौंडा । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा नेकपा एमालेले पठाउने मन्त्रीहरूको सूची टुंगो लगाएको छ। एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालयका लागि मन्त्रीहरूको नाम चयन गरेको हो, जसमा एकजना दोहोरिएका छन् भने बाँकी पाँचजना नयाँ अनुहारहरू रहेका छन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पुनः किरण थापामगरलाई दिइएको छ। उनी यसअघि पनि सोही मन्त्रालयको नेतृत्व गरिरहेका थिए। बाँकी पाँच मन्त्रालयमा नयाँ व्यक्तित्वहरू पठाउने निर्णय एमालेले गरेको हो।

एमालेले चयन गरेका मन्त्रीहरू यसप्रकार छन्:

  • किरण थापामगर (स्वास्थ्य मन्त्री) – पुनः नियुक्ति
  • जयराम थापा (श्रम, रोजगार तथा यातायात मन्त्री) – काठमाडौं
  • भरतबहादुर केसी (वन तथा वातावरण मन्त्री) – दोलखा
  • मधुसुधन पौडेल (कृषि तथा पशुपन्छी विकास मन्त्री) – ललितपुर
  • डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास मन्त्री) – काठमाडौं
  • विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री) – काठमाडौं

यससँगै बागमती प्रदेशमा बन्न लागेको नयाँ सरकारको संरचना प्रष्ट हुँदै गएको छ। एमालेको यो निर्णयले आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम कस्तो बन्नेछ भन्ने संकेत पनि गरेको छ। यसअघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका थिए। नेपाली कांग्रेसको संसदीय दलको नेताबाट हटाइएपछि लामाले पार्टीको दबाबमा पदत्याग गरेका हुन्। त्यसपश्चात कांग्रेसले इन्द्रबहादुर बानियाँलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने तयारी गरेको हो।

बानियाँले आजै मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ७ : २४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय