२०८२, २४ कार्तिक आईतबार

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

काठमाडौं, भदौ २४: कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गमगढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ। दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न…