२०८३, २० श्रावण बिहीबार

नेपालको सही नक्शा प्रयोगमा ल्याउन आग्रह

नेपालको सही नक्शा प्रयोगमा ल्याउन आग्रह


काठमाडौँ, २७ भदौ : नेकपा (माले) ले नेपाली भूभागसहितको नेपालको नक्शा नेपालमै छपाएर प्रयोग र बिक्रीमा ल्याउने व्यवस्था अविलम्ब मिलाउन सरकारसंँग माग गरेको छ । पार्टीको आज सम्पन्न केन्द्रीय कमिटी बैठकले मुलुकको पश्चिमी सिमानामा पर्ने लिपुलेकदेखि लिम्पियाधुरासम्मको करीब ३१० वर्ग किलोमिटर जमीन भारतमा गाभेर छापिएको नक्शाबारे छानबिन गर्न माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले कञ्चनपुरकी निर्मला पन्तको हत्याको घटनामा संलग्न दोषीलाई चाँडो पहिचान गरी कानूनी कारवाही गर्न आग्रह गर्नुभएको छ । चाडपर्वमा गरीब जनताको जीवनयापन नै अत्यन्त कठिन हुने गरी वृद्धि भइरहेको कालोबजारी, महँगी, एकाधिकार, बिचौलिया प्रणाली आदि नियन्त्रण गर्न आग्रह गर्दै पार्टीले केन्द्रीय सरकारले निर्दिष्ट गरेको भन्दा बढी कर तथा राजश्व नउठाउन समेत स्थानीय तहलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ७ : ०८ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार