काठमाडौँ, १९ भदौ: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ । गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले…