२०८३, १८ आश्विन सोमबार

मुख्यमन्त्री पोखरेल र दातृ निकायका प्रतिनिधिमण्डलबीच भेटघाट

मुख्यमन्त्री पोखरेल र दातृ निकायका प्रतिनिधिमण्डलबीच भेटघाट


बुटवल, २५ असोज मुख्यमन्त्री शङ्कर पोखरेलसँग आज उहाँको कार्यालयमा विभिन्न दातृ निकायका प्रतिनिधिमण्डलले भेट गर्नुभयो ।

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन हेर्ने टोलीनेता सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्युलगायतले मुख्यमन्त्री पोखरेलसंग भेट गर्नुभएको हो ।

प्रतिनिधि मण्डलले प्रदेश नं। ५ को विकासको प्राथमिकता, सङ्घीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका कामकारवाही, समस्या र अबको गन्तव्यबारे छलफल गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा विश्व बैंक, युएनडिपी, डिएफआइडी तथा अन्य दातृ निकायको सहयोगमा निकट भविष्यमा गर्न लागिएको क्षमतासम्बन्धी आवश्यकताको पहिचानसम्बन्धी सर्वेक्षण तथा अध्ययनका बारेमा जानकारी लिन तथा त्यसको प्रभावकारिता र प्रयोगबारे छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिसले विश्व बैंकले प्रदेश नं। ५ लगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले हाल कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजना सम्भव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गर्नुभयो ।

प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसँग छलफल गरी प्रदेशको सोच र प्राथमिकतालाई योगदान पु¥याउने गरी अघि बढाउन पनि उहाँले आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
–––

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ५५ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम